काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ। कम्पनीको ७५ लाख कित्ता साधारण शेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता यस दिन नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको आईपीओ बिहीबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८६ पैसा देखि ३०२ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोलीको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार खुल्नेछ।
Artha Sanjal






