काठमाडाैं। आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६.२८ को विन्दुमा कायम भएको छ ।
आज ३१७ कम्पनीको १ करोड ७३ लाख ८२२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको शेयर कारोबार भएको हो । आज १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । आज १ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको ३० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले ५.६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरे सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.४७ प्रतिशतका दरले गुमाएका हुन् ।






