बुधबार सुनको मूल्य स्थिर

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको छ । योसँगै छापावाला सुल प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ । हिजो मूल्य स्थिर रहँदै चाँदी तोलाको १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *