सेयर बजारमा गिरावट, ५ अर्ब ६५ करोडको कारोबार

काठमाडाैं। आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.९४ को विन्दुमा कायम भएको छ ।

आज ३२२ कम्पनीको सेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड माथिको सेयर कारोबार भएको छ । आज २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२१ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५० करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ४३ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ३३ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.७५ प्रतिशतका दरले कमाएका हुन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ४.७९ प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनका इकाईधनीले ४.६० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ५.३५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *