काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष मनोनित भएका छन् ।
चैत १९ गते बसेको माओवादी पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यसँगै पार्टीको उपाध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो ।
पुन यसअघिका माओवादी बैठकमा समेत सरिक हुँदै आएका थिए ।







