लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो नयाँ वर्ष योजना

काठमाडाैं। हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै “यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग” योजना ल्याएको छ। यो ग्राहकमुखी योजना चैत २१ गतेदेखि नेपाल भरी सुरू भएको छ।

ग्राहकहरूको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरूले हुन्डाई गाडीको खरिदमा आकर्षक ६ लाख रूपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्।

हालै सार्वजनिक गरिएको “चुज योर फ्युचर”को थिमसहित, क्रेटा इभी र क्रेटा आइस (मेड इन नेपाल)लाई यो अफरले अझै उत्साहजनक बनाउने कम्पनीको भनाइ छ।

यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्।

ग्राहकहरूको सन्तुष्टीको लागि हुन्डाईले ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ।

सबै आइस हुन्डाई गाडीहरूमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र इभी गाडीको हाइ भोल्टेज ब्याट्रीमा ८ वर्ष र गाडीको अरु कम्पोनन्टमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *