महानगरपालिकाका कर्मचारीले सोमबारसम्म तलब पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन् । उनी आज कार्यालय समयमै कुनै अवरोधबिना कार्यालय प्रवेश गरेका हुन् ।

महानगरपालिकाका एक उच्च तहका कर्मचारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत आएसँगै कर्मचारीको खातामा तलब पठाउने प्रक्रिया अघि बढिसकेको छ । सोमबारसम्म सबै कर्मचारीको खातामा तलब पठाउने तयारी भएको छ ।

यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं हिजो (बिहीबार) कार्यालय हाजिर भएका थिए ।

महानगरमा शिक्षकसहित ३ हजार ६०० बढी कर्मचारी छन् । उनीहरूमध्ये शिक्षकले ५ महिनादेखि तलब पाएका छैनन् । जनप्रतिनिधि र कर्मचारीले ३ महिनादेखि तलब पाएका छैनन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *