सेयर बजारमा सामान्य बृद्धि, ७ अर्ब ८४ करोडको कारोबार

काठमाडाैं। आज साताकाे अन्तिम काराेबारकाे दिन सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.८१ अंकले बढेर २७०२.८६ को विन्दुमा कायम भएको छ ।

आज ३२४ कम्पनीको सेयर किनबेच हुँदा ७ अर्ब ८४ करोड माथिको सेयर कारोबार भएको छ । आज ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभनदा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड ९९लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ४२ करोढ ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्रिन भेञ्चरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । सुपर मादीका लगानीकर्ताले ६.९ प्रतिशतका दरले कमाएका छन् । राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ५.२१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.१० प्रतिशतका दरले गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *