काठमाडाैं । अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्स्पेङले आफ्ना ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ । ग्राहकहरूले अब रु. १४.९९ लाख डाउन पेमेन्ट मै भविष्यलाई लक्षित गर्दै डिजाइन गरिएको एक्स्पेङ जी६ घर लैजान सक्ने कम्पनीको भनाई छ ।
६.५५ प्रतिशत ब्याजदर, ४८ घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न हुने र ७ वर्षसम्मको ऋण अवधिको सुविधाले एक्स्पेङ खरिद गर्न सहज बनाईएको छ ।
यस अफरमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एसेसरीहरू, ७ किलोवाट चार्जर, १ वर्षको रोड ट्याक्स कभरेज र निःशुल्क बीमा समेत समावेश गरिएकाे कम्पनीले जनाएकाे छ । पाँचतारे NCAP सुरक्षा रेटिङ प्राप्त एक्स्पेङ जी६ स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताले गर्द विश्वभर धेरैले मन पराएको गाडी बनेको छ ।
ग्राहकहरुले सजिलै अब एक्स्पेङको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दिगो यात्राको सजिलै अनुभव गर्न सक्ने कम्पनीले जनाएकाे छ । यस अफरका साथ एक्स्पेङ नेपालले गुणस्तरीय सवारीसाधन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।






