काठमाडौं । घम्साघम्सीबीच काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा प्रवेश गरेका छन् । उनलाई वडाअध्यक्षहरू र कर्मचारीले नगरप्रहरीको घेरा तोड्दै कमलादीस्थित कार्यालयमा छिराएका हुन् ।
मेयर बालेन्द्र शाहको सचिवालयले गुरागाईंको कार्यकक्षमा ताला लगाएको छ । ताला लगाएका कारण उनी अहिले कार्यपालिका सदस्यको कार्यकक्षमा बसिरहेका छन् ।
कार्यालय छिरे पनि कर्मचारीमाथि नगर प्रहरीले धरपकड कोसिस गरिरहेको छ ।
Artha Sanjal






