पत्रकार सुरेश रजकको पोस्टमार्टम : जलेर मृत्यु भएको पुष्टि

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनकाे आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भएको छ ।

त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ ।

‘उहाँको शरीरबाट गोली भेटिएन, मृत्युको कारण जलेर भएको निष्कर्ष निकालियो,’ ती चिकित्सकले भने ।

हिजो साँझ उनको एक्स–रे गरिएको थियो । एक्स–रेको रिपोर्टपछि बुधबार पोस्टमार्टम गरिएको हो ।

अहिले रजतको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *