काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पेको क्यूआरबाट एक दिनमै १० लाख पटक कारोबार भएको छ । यसदिन कुल कारोबार २ अर्ब ६२ करोड पुगेको छ ।
सामाजिक सञ्जालमार्फत कम्पनीले आइतबार (१७ चैत) यो उपलब्धि हासिल गरेको जानकारी दिएको छ ।
नेपाल–भारत क्रसबोर्डर यूपीआई भुक्तानी प्रणाली प्रयोग गरी भारतीय पर्यटकहरूले ३ हजार ३०० भन्दा बढी कारोबार गरेका थिए । कुल कारोबार रकम ७.६ मिलियन (७६ लाख) पुगेको थियो ।
नेपाल भ्रमण गर्ने पर्यटकहरूका लागि भुक्तानी प्रक्रिया सरल बनाउनुका साथै देशभर डिजिटल कारोबारको स्वीकृति बढाउने दिशामा महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ ।
२०१९ मा सेवा सञ्चालनमा आएकाे फोनपेले प्रायः सबै बैंकिङ तथा वित्तीय संस्थाहरूलाई आफ्नो नेटवर्कमा आबद्ध गराएको छ । यसअन्तर्गत कम्पनीले नेपालमा पहिलो पटक क्यूआर प्रविधि भित्र्याएकाे हाे ।






