काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक दोहोरो अंकले बढेको छ । सेसनमा १६.९५ अंक बढेर २६९३.१२ विन्दुमा पुगेको छ । ३४ लाख ७५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५८ कम्पनीको ५ हजार ८ सय १५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो । ३३ कम्पनीको मूल्य बढ्दा २३ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
Artha Sanjal






