तीनकुने प्रदर्शनमा मृत्यु भएका एभिन्यूजकर्मी रजकको परिवारले दिए जाहेरी

काठमाडौं । राजधानीको तीनकुनेमा भएको प्रदर्शनमा भएको आगजनीमा परि ज्यान गुमाएका एभिन्यूजकर्मी सुरेश रजकको परिवारले  जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका छन् । रजककी श्रीमती सुजन मगियाले हत्या नियोजित रुपमा गरिएको भन्दै प्रहरीसमक्ष जाहेरी दिएकी हुन् ।

उनले आफ्नो श्रीमानको क्रुरता र निर्ममता पुर्वक आफ्ना श्रीमानको आगोमा जलाएर मार्ने र हत्यामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् ।

यही चैत १५ गते एभिन्यूजकर्मी रजकको राजावादी समर्थकले काठमाडौंको तीनकुनेमा  गरेको प्रदर्शनमा मृत्यु भएको थियो। रजकले भिडिओ छायांकन गरिरहेको अवस्थामा एक स्थानीयको घरमा आन्दोलनकारीले आगजनी गरेका थिए । सोही क्रममा एभिन्यूजकर्मी रजकको जलेर निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *