नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच उपदान तथा पेन्सन कोष सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्झौता भएको छ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

उपकुलपति थपलियाले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीका लागि यो व्यवस्थापन सुरु गर्न पाउँदा खुशी व्यक्त गरे। कार्यकारी निर्देशक कार्कीले सहभागीलाई उचित प्रतिफल दिने प्रतिबद्धता जनाए।

त्यसैगरी कोषले सानिगाड हाइड्रो लिमिटेडको अंकित मूल्य १०० रुपैयाँको ८५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर प्रत्याभूति गर्ने सम्झौता गरेको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक कार्की र सानिगाड हाइड्रोका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

साथै कोषले कालंगा हाइड्रो लिमिटेडको ४९ करोड रुपैयाँ बराबरको शेयर प्रत्याभूति गर्न अर्को सम्झौता गरेको छ। यसमा कोषका कार्यकारी निर्देशक कार्की र कालंगा हाइड्रोका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *