राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबरा पक्राउ परेको सूचना संसद्‍लाई दिएका छन् । सोमबार सभामुख घिमिरेले जबरा पक्राउ परेको सूचना सभामा सुनाएका हुन् । जसमा दुर्गा प्रसाईं समेत भएको राज्यविरुद्धको अपराध सम्बन्धी कसुरमा जबरा पक्राउ परेको उल्लेख छ । जबरा १५ चैतमा पक्राउ परेका थिए ।

राप्रपाको संलग्नता समेतमा १५ चैतमा तीनकुनेमा प्रदर्शन भएको र त्यसमा जबरा, रविन्द्र मिश्र सहितका व्यक्तिहरू भेला भएको उल्लेख छ ।

संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद् सचिवालयलाई दिएको हो ।

यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली अनुसार सभामुखले संसद्‍लाई जानकारी दिनुपर्छ । यसअनुसार सभामुखले सोमबार जबरा पक्राउ परेको सूचना सभालाई गराएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *