पाथीभरा केबलकारको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडाैं । सर्वोच्च अदालतले ताप्लेजुङको मुक्कुमलुङ (पाथिभरा) क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माणको काम यथास्थितिमा राख्न आदेश दिँदै दुवै पक्षलाई बोलाएको छ ।

सर्वोच्च अदालतमा याम बहादुर लिम्बू समेतका निवेदकले पाथीभरा देवी दर्शन केबलकार प्रालि समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई अदालतमा चैत २६ मा बाेलाएकाे हो ।

रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश शारदा सुवेदीको इजलासले अन्तरिम आदेशका हुनुपर्ने हो वा होइन भन्ने निष्कर्षमा पुग्न दुवै पक्षलाई अदालतमा बोलाएको हो । त्यस बेलासम्म केबलकार निर्माणको काम यथास्थितिमा राख्न पनि अदालतले भनेको छ।

‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुनु नपर्ने कानून बमोजिमको आधार प्रमाण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटाको म्याद बाहेक १५ दिनभित्र प्रमाण कागजसहित विपक्षी नं ७, ९, १०, ११, १२, १३ र १४ का हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत, विपक्षी नं ८ को हकमा मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत् र विपक्षी नं. १, २, ३, ४, ५, ६ का हकमा आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत् लिखित जबाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको एक एक प्रति प्रतिलिपि साथै राखी विपक्षीहरूको नाममा सूचना म्याद पठाइ म्यादभित्र लिखित जबाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू।’

पाथिभरा क्षेत्रमा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन चलिरहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *