काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वराजा समर्थकको प्रदर्शनमा भएको तोडफोड र आगजनी गरी क्षति पुर्याएको क्षेत्रको अनुगमन गर्ने भएका छन् ।
अहिले बिहान ९ बजे अनुगमनका लागि उनी तीनकुने क्षेत्र जाने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।
शुक्रबार भएको प्रदर्शनको क्रममा विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी भएको छ । सो क्रममा २ जनाको मृत्यु समेत भएको थियो ।
यता आयोजक समूहले आन्दोलनमा घुसपैठ भएको र राज्य प्रशासन आँफैले द्वन्द भड्काउन अश्रुग्यास प्रयोग गरेपछि स्थित तनावग्रस्त बनेको बताएको छ ।







