सेयर बजारमा ४१.६७ अंकको बृद्धि हुँदा ५ अर्ब २२ करोडमाथिको कारोबार

काठमाडौं । आज पनि सेयर बजारमा हरियाली छाएकाे छ । नेप्से परिसूचक ४१.६७ अंकले बढेर २६६३.५४ को विन्दुमा कायम भएको छ ।

आज ३०९ कम्पनीको सेयर किनबेच हुँदा ५ अर्ब २२ करोड माथिको सेयर कारोबार भएको छ । आज २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५१ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २५ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ८.६० प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानीकर्ताले ७.७८ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै कुमारी सबल योजनका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १.८२ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *