‘ग्लोबल मनी विक’ का अवसरमा कामना सेवाको विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२५ (Global Money Week 2025) को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो वर्ष मार्च १७ मा सुरुवात भई मार्च २३ मा सम्पन्न भएको छ ।

बैंकले (Global Money Week-2025) को अवसरमा विद्यार्थीमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्धेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक सामाग्रीहरु प्रसारण गरेको छ । बैंकको सातै प्रदेशद्धारा देशका विभिन्न विद्यालयमा नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त प्रशिक्षकद्वारा वित्तीय साक्षरता कार्यक्रम गर्दै देशव्यापी २५०० भन्दा बढी विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजी निर्माण गर्न सकिने, बचतको विकासले गर्दा दैनिक जिवनयापन सहज बनाउन सकिने, व्यक्तिगत बजेट निर्माण गरि खर्च गर्ने बानीको थालनी गर्नुपर्ने तथा विभिन्न डिजिटल कारोवारहरु तथा यसका अवसर र चुनौतीका विषयमा छलफल भएको थियो । त्यस्तै, बैंकले उक्त सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ ।

बैंकले आफ्नो सामाजिक संजाल मार्फत सुरक्षित भविष्यको लागि बचत, सामाजिक संजाल र क्ष्लागिभलअभचक बाट प्रभावित नभई वित्तीय निर्णय गर्न, कालो सूचीमा पर्न सकिने सम्भावना, सुरक्षित इन्टरनेट प्रयोग गर्न तथा कर्जाको जिम्मेवारीपूर्ण उपयोग र व्यवस्थापन गर्नुपर्ने सामगा्रीहरु प्रस्तुत गरी Global Money Week 2025 सफलतापूर्वक सम्पन्न गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *