पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ। केही दिनयता परेको वर्षाका कारण आएको पहिराका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ कोदारीस्थित इकु पहिरोका कारण उक्त राजमार्ग आजसम्म पनि सञ्चालन हुन नसककेको कन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षकले जानकारी दिए।

उनले भने, “बाढीका कारण भोजपुर नगरपालिका ५ बोखिमको मइ पहाडी लोकमार्ग वैकल्पिक बाटो र पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। अरनिको राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छ।”

अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आएका राजमार्गमा सुरक्षित एवं सावधानी अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *