प्रधानमन्त्रीविरुद्ध जथाभावी नबोल्न केपी ओलीको चेतावनी

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका बारेमा जथाभावी नबोल्न प्रतिपक्षी दलका नेताहरूलाई चेतावनी दिएका छन् । उनले आफूले कुनै अपराध नगरेको भन्दै प्रधानमन्त्रीमाथि जथाभावी टिप्पणी नगर्न चेतावनी  दिएका हुन्।

बुधवार काठमाडौँमा युवा संघको स्वयं सेवक भेलालाई सम्बोधन गर्दै उनले प्रतिपक्षी दलहरूलाई यति सस्तो, हलुका र उत्ताउलो नबन्न चेतावनी दिए ।

उनले प्रतिपक्षी दलहरूको सबै पृष्ठभूमिबारे जानकार रहेको बताउँदै ‘के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो?’ भन्नेकुरा देखिएको टिप्पणी गरे ।

कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्ने गरेको र कोही आफ्ना असफलताका कुण्ठाहरू छर्ने थलो संसदलाई बनाइरहेको टिप्पणी गरे ।

उनले भने, ‘म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हलुका, यति उत्ताउलो नहुनुस् तपाईंहरू ।  प्रधानमन्त्रीको सम्बन्धमा जथाभावी पनि नबोल्नुस् । थाहा छ तपाईंहरूको पृष्ठभूमि ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लेखेको स्टाटसप्रति लक्षित गर्दै ठूलै भ्रष्टाचार गरेको जस्तो गरी एक जना कर्मचारी निकाल्दा ‘मैले सुनेको असत्य होस्’ भन्ने जस्ता शब्दहरू लेखेको देख्दा आश्चर्य लागेको प्रधानमन्त्री ओलीले टिप्पणी गरे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *