नेपालमा रिडाराको पहिलो १००% पिओर इलेक्ट्रिक पिकअप सार्वजनिक

काठमाडौं । नेपालमा रिडाराको आधिकारिक वितरक सिजीमोटर्सले आज नेपालकै पहिलो १००% पिओर इलेक्ट्रिक पिकअप रिडाराको औपचारिक सार्वजनिक प्रक्षेपण गरिरहेको छ। हात्तिवन रिसोर्ट, फपिङ दक्षिणकालीमा सम्पन्न उक्त कार्यक्रम नेपालको दिगो तथा विद्युतीय यातायातको दिशामा ऐतिहासिक कदम हो।

अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडाराले इभि पिकअप सेग्मेन्टमा नयाँ स्तर स्थापित गर्नेछ। यसमा ४२४ किलोमिटरको उत्कृष्ट रेन्ज र प्रतिघण्टा ७३ किलोवाट क्षमताको व्याट्रि रहेको छ, जुन कार्यक्षमता र वातावरणमैत्री प्रविधिको अद्वितीय संयोजन हो।

नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै रडिारामा मा ७ फरक–फरक ड्राइभिङ मोडहरू जस्तै बालुवा, हिलो, अफ–रोड , पानी , इकोनोमी आरामदायी र स्पोर्ट मोडहरु उपलब्ध छन् । जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ। साथै, ५४० डिग्री सराउन्डेड भ्यु क्यामेरा प्रणाली समेत समावेश गरिएको छ, जसले पूर्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउँछ।

‘रिडारा आरडी सिक्स’ सार्वजनिक कार्यक्रममा विशेष ४ डब्लुडी डेलिभरी र एड्भेन्चर ड्राइभ आयोजना गरेको थियो । सहभागीहरुले गाडीको वास्तविक शक्ति र क्षमताको अनुभव लिन विभिन्न चुर्नातिपूर्ण भुभागमा पत्यक्ष सहभागिता जनाएका थिए ।

नेपालमा हाल गाडीको मूल्य हाल सनरुफ बिना ७९ लाख ९९ हजार, सर रुफसहित ८१ लाख ९९ हजार र मल्टी फक्सनको ८२ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ । उत्कृष्ट विशेषताहरू र वातावरणमैत्री प्रविधिले यसलाई अझ मूल्यवान बनाउने कम्पनीको दाबी छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *