यो साविकको राष्ट्रिय बीमा संस्थान हो । राष्ट्रिय जीवन बीमा कम्पनीमा परिणत भएपछि कम्पनीले पहिलो पटक साधारणसभा गर्न लागेको हो ।
कम्पनीले आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७३/७४ सम्म अग्री कुल ५ आर्थिक वर्षको साधारणसभा एक साथ गर्न लागेको हो ।
कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन छलफल गरी पारित गर्ने, नेपाल सरकार ( मन्त्रीस्तर) को मिति २०८१।०२।०३ को निर्णय र तत्पश्चात् गठित सञ्चालक समितिलाई अनुमोदन गरी सोही सञ्चालक समितिलाई निरन्तरता दिने एजेन्डा पेस हुनेछन् ।
त्यस्तै , लेखा परीक्षकको प्रतिवेदन सहितको साबिक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७१/७२, २०७२|७३ र २०७३/७४ सम्मको वासलात, नाफा / नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सहित अनुसूचीहरू छलफल गरी पारित गर्ने एजेन्डा छ।
आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८।७९ को लेखा परीक्षण गर्न श्री महालेखा परीक्षक कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका वाह्य लेखा परीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरूको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव सभामा पेश गरिने कम्पनीले जनाएको छ।
त्यसैगरी, कम्पनीको सञ्चालक समितिको मिति २०८१।०३।३० गते बसेको ५५ औँ बैठकले स्वीकृत गरेको पुँजी वृद्धि योजनालाई अनुमोदन गर्नुका साथै कम्पनीको प्रवन्ध पत्र र नियमावली, २०८० मा समयानुकूल संशोधन समेतका कार्य गर्न, गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा साधारण सभामा पेश हुनेछन् ।







