काठमाडाैं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी)ले नेपालमा १२० भन्दा बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा एससिटी स्मार्ट वेनस्डे अफर सुरू गर्ने भएको छ ।
यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससिटी–युपिआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम १०० रूपैयाँ हुने गरी छुट प्राप्त गर्नेछन् । यसको लागी भुक्तानी गर्न एससिटी–युपिआई कार्ड प्रयोग गरी पिओएस मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ। यो अफर ६ महिनासम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।
एससिटीले हाल २१ वटा बैंक तथा वितिय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटी–युपिआई कार्ड जारी गर्दै आइरहेको छ । एससिटी–युपिआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससिटी–युपिआइ कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।







