काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ को विन्दुमा बन्द भएको छ ।
आज ३११ कम्पनीको सेयर किनबेच हुँदा ५ अर्ब १४ करोडको सेयर कारोबार भएको छ । आज ५३ कम्पनीको सेयर मूल्य घटेको छ भने १८३ कम्पनीको सेयर मूल्य घटेको छ । आज ७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २९ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २३ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीले १७ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.३९ प्रतिशतका दरले कमाएका छन् । गरिमा समृद्धि योजनाका इकाईधनीले ७.६९ प्रतिशतका दरले कमाएका छन् । भुगोल इनर्जीका लगानीकर्ताले ७.३५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.२० प्रतिशतका दरले गुमाएका छन् ।






