काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी सुमन नेउपानेले पाएका छन्। उनले डा. डिल्लीराम पोख्रेलको स्थानमा यो जिम्मेवारी सम्हालेका हुन्।
पोख्रेलले करिब २० महिना सम्म सहप्रवक्ता र सूचना अधिकारीको रूपमा कार्य गरे। अब पोख्रेल गभर्नरको कार्यालयमा कायममुकायम कार्यकारी निर्देशकको रूपमा कार्य गर्न जानेछन्।
Artha Sanjal






