कहिले हुँदैछ टक्सार पिखुवा खोलाको आईपीओ बाँडफाँट?

काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँडको मिति सार्वजनिक गरिएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जेठ ६ गते बुधबार बिहान ९ बजे सेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले वैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्काशन गरेको थियो। उक्त आईपीओमा उच्च आवेदन परेकाले गोलाप्रथामार्फत सेयर वितरण गरिनेछ।

बाँडफाँड अनुसार २ लाख ५१ हजार ५४५ जना आवेदकले १०/१० कित्ताका दरले सेयर पाउनेछन्। यस्तै, बाँकी रहेको ५ कित्ताका कारण ५ जना आवेदकले थप १ कित्ता सहित ११ कित्ता सेयर प्राप्त गर्नेछन्।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *