वाणिज्य बैंकहरुको कर्जा ६ प्रतिशतले वृद्धि, ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि

काठामाडौं । वाणिज्य बैंकहरुको कर्जा विस्तारमा क्रमिक सुधार आएको छ । गत आर्थिक वर्षयता फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह ६.०६ प्रतिशत बढेको छ ।

नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म बैंकहरूको कुल कर्जा ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म यस्तो कर्जा ४५ खर्ब ७३ अर्ब १६ करोड थियो ।

फागुनमा वाणिज्य बैंकहरुले थप २२ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

चालु वर्ष सात महिनामा ग्लोबल आईएमई बैंकको कर्जा प्रवाह सबैभन्दा धेरै ३९ अर्ब रुपैयाँ बढेको छ । एनआईसी एसिया बैंकको कर्जा प्रवाह ३५ अर्ब रुपैयाँ घटेको छ । एनआईसी एसिया बाहेक प्रभु बैंककाे १ अर्ब र स्टान्डर्ड चार्टर्ड बैंकको ३ अर्ब कर्जा प्रवाह घटेको छ ।

एभरेष्ट बैंकको कर्जा प्रवाह ३७ अर्ब रुपैयाँ वृद्धि भएको छ । एनएमबि बैंकको कर्जा प्रवाह २९ अर्ब, राष्ट्रिय वाणिज्य बैंकको २७ अर्ब, लक्ष्मी सनराइजको २६ अर्ब, नबिल बैंकको २६, इन्भेष्टमेन्ट मेगा बैंकको २२ अर्ब, प्राइमको २१ अर्ब रुपैयाँ वृद्धि भएको छ ।

त्यस्तै, नेपाल बैंकको कर्जा प्रवाह १७ अर्ब, माछापुच्छ्रेको १४ अर्ब, सानिमाको १३ अर्ब, सिटिजनको १२, सिद्धार्थको १२ अर्ब, कुमारीको ७ अर्ब, नेपाल एसबिआईको ६ अर्ब, हिमालयनको ४ अर्ब कर्जा प्रवाह बढेको छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *