आज अन्तिम दिन ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा १६ गुणा बढी आवेदन

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा आज अन्तिम दिनसम्म १६ गुणा बढी आवेदन परेको छ। आज साँझ ५ बजेसम्म १९ लाख ८५ हजार ६६३ जना आवेदकहरुले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १६.०२२ गुणा बढी हो।

ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *