काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार दाेहोरो अंकले घटेको छ । नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ को विन्दुमा बन्द भएको छ ।
आज ३१६ कम्पनीको सेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको सेयर मूल्य घटेको छ । आज ६ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकले ३७ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको ३६ करोड ९४लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै समुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीले ८.१९ प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ५.३४ प्रतिशतका दरले कमाएका छन् । आरएसडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.३४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।






