काठमाडौँ। पाथीभरा क्षेत्रमा व्यापारी चन्द्र ढकालले निर्माण गर्न लागेको केबलकार विवादको प्रत्यक्ष असर पाथीभरामा आउने तिर्थयात्री र मन्दिरमा संकलन हुने भेटीमा परेको छ ।
केबलकार विवादकै कारण पाथीभरा मन्दिर दर्शनका लागि आउने तिर्थयात्रीको संख्यामा उल्लेख कमी आएको छ । केबलकार विवादले सिजनमा समेत दर्शनार्थी नआएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
गतवर्षको फागुनको तुलनामा यो वर्ष तीर्थयात्रीको संख्ख्या आधाभन्दा बढीले घटेको समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार गत फागुनमा ७ हजार चार सय २८ जना मात्र तीर्थयात्री पाथीभरा दर्शनका लागि आएका छन् । गत वर्षको फागुनमा १७ हजार नौ सय १२ जनाले पाथीभरा दर्शन गरेको समितिले जनाएको छ ।
यो वर्ष मात्रै तिर्थयात्रीको संख्या १० हजार ४ सय ८८ ले घटेको उनी बताउँछन् ।
समितिका अध्यक्ष रक्की थेवेका अनुसार गत फागुनमा १३ लाख ३ हजार रुपैयाँ मात्रै भेटी सङकलन भएको छ । गतवर्षको फागुनमा ५५ लाख ७० हजार ८ सय रुपैयाँ भेटी संकलन भएको थियो ।
गत वर्षको फागुन महिनाको तुलनामा यसवर्ष ४२ लाख ३७ हजार ३ सय ८० रुपैयाँले कमी आएको छ ।
त्यस्तै , केवलकार विवाद, उत्पन्न गरेको त्रासले महिनौंदेखि आशन्त बनेको पाथीभराका कारण तीर्थयात्रीको संख्यामा कमी आएको पाथीभरा क्षेत्रका होटल व्यवसायीहरुको गुनासो छ।
फागुनदेखि बैशाखसम्म पाथीभरामा अधिक तीर्थयात्री आउने समय भएपनि विवादका कारण पाथीभरा क्षेत्रका होटलहरु सुनसान जस्तै छन् ।
व्यापारी पोस्ने गरी ऐतिहासिक महत्व बोकेको तीर्थस्थलमा निजि क्षेत्रले व्यापारिक स्वार्थका लागि निर्माण गर्न लागेको केबलकार परियोजनाको आवश्यकता र औचित्यबारे स्थानीय बासिन्दाहरूले सरकारसँग स्पष्ट जवाफ माग्दै विरोध जनाईरहेकाका छन्।







