पाथीभरा केबलकार विवाद समाधान गर्न गृहले फेरि डाक्यो स्थानीय प्रतिनिधि

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा व्यापारी चन्द्र ढकालले निर्माण गर्न लागेको केवलकार विवाद समाधान गर्न गृह मन्त्रालयले जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई पुनः वार्तामा बोलाएको छ ।

मन्त्रालयले केबलकार निर्माणका क्रममा उत्पन्न समस्या र विवाद समाधानको लागि भन्दै विभिन्न पक्षसँग छलफल गर्न पुनः वार्तामा बोलाएको हो ।

गृह मन्त्रालयद्वारा गठित वार्ता टोली संयोजक प्रेम प्रसाद भट्टराईले पत्राचार गर्दै आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरूका सम्बन्धमा छलफल गर्न वार्तामा बोलाइएको जनाएका छन् ।

‘ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबिच माघ २२ गतेदेखि निरन्तर रूपमा वार्ता एवं संवाद भई रहेको ब्यहोरा सबैमा विदितै छ । यसै सन्दर्भमा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरूका सम्बन्धमा स्थानीय सरोकारवाला सँग वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्ने विषयमा वार्ताका लागि ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई आमन्त्रण गर्दछु’ पत्रमा भनिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *