काठमाडौं। एनआइसी एसिया लघुवित्तको चैत ८ गते साधारण सभा बस्ने भएको छ । सभा, गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा विहान ९ बजेबाट सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । तर कम्पनीले यो वर्ष पनि लाभांश प्रस्ताव वितरण नगर्ने भएको छ।
सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
Artha Sanjal






