राजा र हिन्दू राज्यको पक्षमा बर्दियामा मोटरसाइकल र्‍याली

नेपालगन्ज।  राजसंस्था र हिन्दू राज्यको माग गर्दै  आज बर्दियामा मोटरसाइकल र्‍याली निकालिएको छ। राजा र हिन्दू राज्य पक्षधरले निकालेको र्‍याली बजार परिक्रमा गरेपछि राधाकृष्ण चोकमा कोण सभा भएको थियो।

सभालाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले अवस्था र व्यवस्था बदल्न जनता अगाडि आउनुपर्ने बताए। डा. राणाले नेपालको धर्म र संस्कृति नेताले १४ अर्वमा बेचेको आरोप लगाउँदै भ्रष्ट नेताको बिदाई गर्न र देशको अमनचयनका लागि राजसंस्था आवश्यक रहेको बताए। उनले धर्म, संस्कृति र परम्परा बचाउन हिन्दू राज्य आवश्यक भएको जिकीर गरे।

राप्रपाका सहायक महामन्त्री एवं आन्दोलन परिचालन समितिका सदस्य ऋषिराज देवकोटाले चैत्रमा सबै हिन्दू र राजसंस्था पक्षधरलाई एकै ठाउँमा उभिएर सशक्त आन्दोलनका आव्हान हुने बताए। उनले त्यसका लागि काठमाडौमा नेताहरु छलफलमा जुटेको बताए।

पछिल्लो समय  हिन्दुराज्य  र राजसंस्था पक्षधरले देशका विभिन्न शहरमा मोटरसाइकल र्याली, आमसभा गर्दै  आईरहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *