वाणिज्य बैंकले ७ महिनामा कमाए ३६ अर्ब ६ करोड नाफा, कुनको कति?

काठमाडौं । २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष साउनदेखि माघ मसान्तसम्म आउँदा ३६ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरुको मासिक वित्तीय रिपोर्टअनुसार चालु आवको साउनदेखि माघ मसान्तसम्म ३६ अर्ब ६ करोड नाफा कमाएका हुन् ।

माघ महिनामा मात्रै यी १० बैंकको नाफा ९ अर्ब बढेको छ । पुस मसान्तसम्म बैंकहरुको नाफा २७ अर्ब ४३ करोड रुपैयाँ थियो ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक देखिएको छ । यसले ७ महिनामा ४ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकले ३ अर्ब ८९ करोड तथा नेपाल इन्भेष्टमेन्ट मेगाले ३ अर्ब ४३ करोड कमाएको छ । नेपाल बैंकको नाफामा सबैभन्दा आकर्षक सुधार आएको छ । गत वर्षको तुलनामा यसको नाफा १५६.३१ प्रतिशतले बढेको छ ।

सबैभन्दा कम एनआइसी एसिया बैंकले जम्मा ४६ करोड ४७ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । सिटिजन्स, माछापुच्छ्रे, कुमारी, सिद्धार्थ र कृषि विकास बैंकको नाफा पनि १ अर्ब भन्दा तल रहेको छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *