माओवादीको प्रश्न : राजतन्त्र फर्काएर के गर्न खोजेको ?

काठमाडौँ । माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरले राजतन्त्र फर्काएर के गर्न खोजेको भन्दै राजतन्त्र पक्षधरहरूलाई प्रश्न गरेका छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद आलेमगरले राजतन्त्र फर्काउन खोज्नेहरुलाई प्रश्न गर्दै राजतन्त्र पक्षधर सल्बलाउन खोज्नु र यही बेला बेवि किङ र बलयगाडा चढेर गणतन्त्र पुगिँदैन भन्नेहरु सत्तामा रहनुलाई संयोगका रुपमा मात्र लिन नसकिने बताए ।

‘नेपालमा गणतन्त्र आएको १५,१६ वर्ष भयो । त्यो भन्दा अघि २४० वर्ष राजतन्त्र थियो, त्यसवेला देश झन् ओरालो लागेको थियो’, उनले भने, ‘त्यही राजतन्त्र ल्याएर हुन्छ के गर्न खोजेको के हो ? गणतन्त्रमा केही कमजोरी हुनसक्छन् तर गणतन्त्रको विकल्पमा राजतन्त्र हुनसक्दैन’, आलेमगरको भनाइ छ ।

उनले एकातिर राजतन्त्रका भूतहरू सलबलाउने र अर्कोतिर देशको राज्यसत्ताको बागडोर बेबी किङ र सेरोमोनियल राजतन्त्र त कहिले गणतन्त्रलाई बयलगाडाको संज्ञा दिनेहरुबाटै राजतन्त्रका भूत प्रोत्साहित भइरहेका त होइनन् भनेर प्रश्न गरे ।

‘केही प्रतिगामी तत्त्वहरू सलबलाइरहेका छन् । हामीले राजतन्त्रलाई आर्यघाटमा सेलाइसकेका थियौँ तर त्यसका भूतहरू फेरि बौरिएर आएर राजतन्त्रको कुरा गर्दै आएका छन्’, मगरको भनाइ छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *