काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाको आवेदन परेको छ ।
अर्थ मन्त्रालयका अनुसार फागुन २५ गते साँझ ५ बजेसम्म उक्त आवेदन परेको हो ।
यसबीचमा पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल, नारदकुमार लुइटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणी चापागाईँ, बिमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त वश्याल र मुकुन्दराज जोशीको आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ ।
यसअघिका सीइओ कृष्णप्रसाद कार्कीको कार्यकाल माघ २४ गते सकिएको थियो । उनको कार्यकाल सकिएसँगै सरकारले नेप्से सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन खुला गरेको थियो । आवेदन खुला समयअवधिमा १० जनाको आवेदन परेको हो ।
Artha Sanjal






