तारिख बुझ्न कास्की लागे रवि, भोलि रुपन्देही अदालतमा उपस्थित हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने तारिख बुझ्न आज आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुँदै छन् ।

कास्की अदालतमा दोस्रो तारिख बुझ्न उनी काठमाडौंबाट बुद्ध एअरको जहाजमार्फत पोखरा जाँदै छन् ।

पोखराबाट उनी सिधै रुपन्देही जानेछन् । रुपन्देहीमा पनि भोलि सोमबार तारिख रहेको छ । पोखराको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी धरौटीमा रिहा भएका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *