दोस्रो दिनसम्म क्रेस्ट माइक्रो लाइफको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा १ अर्ब २० करोड ५४ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। दोस्रो दिन, अर्थात् आज शुक्रबार (फागुन २३ गते) साँझ ५ः०७ बजेसम्म ९ लाख ७३ हजार १८२ जना सर्वसाधारण आवेदकहरुले १ करोड २० लाख ५४ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन्। यो आवेदन मागभन्दा ६.५३ गुणा बढी हाे।

क्रेष्ट माइक्रोले सर्वसाधारणका लागि बिहीबार (फागुन २२ गते) देखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।

त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर सर्वसाधारणका लागि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरिएको हो ।

यसमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

यसमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *