बुद्ध एयरको जहाज पाङ्ग्रा जनकपुरमै छोडेर काठमाडौँ आईपुग्यो

काठमाडौं । बिहीबार अपराह्न जनकपुरबाट उडेको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ।

जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बुझिएको छ। उक्त जहाजमा ६२ यात्रु थिए।

जनकपुरबाट ४ बजेर ३९ मिनेटमा काठमाडौँतर्फ उडेको उक्त जहाज काठमाडौंमा ५ बजेर ६ मिनेटमा अवतरण गर्दा अगाडिको एउटा पांग्रा थिएन।

अगाडिका दुईमध्ये एक पाङ्ग्रा हराएको पाइएपछि सोधखोज गर्दा उक्त पाङ्ग्रा जनकपुरमै छुटेको थाहा भएको छ।

युफोर ५०६ उडान नम्बर भएको उक्त एटिआर जहाजको पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।

पाङ्ग्रा नभए पनि जहाज सुरक्षित रूपमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *