अब १५ मिनेटको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य हुने

काठमाडौं । अब १५ मिनेटको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य हुने भएको छ । नेप्सेले उक्त व्यवस्थाको लागि धितोपत्र बोर्डबाट नीतिगत स्वीकृत पाएको छ । योसँगै बजारमा कारोबार हुने अन्तिम १५ मिनेटको भारित औसत मूल्य नै सेयरको अन्तिम मूल्य (क्लोजिङ प्राइस) हुने भएको हो ।

अहिले अन्तिम १५ मिनेटको भारित औसत मूल्य नै सो कम्पनीको सेयरको अन्तिम मूल्य तय हुने गरी नेप्सेले तयारी गरिरहेको छ । अहिले बजार बन्द हुँदा अन्तिम पटकको कारोबार मूल्य नै त्यस दिनको लागि सो कम्पनीको अन्तिम मूल्य रहँदै आएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *