नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिहीबार बाँडफाँट हुने

काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आईपीओ बिहीबार (फागुन २२ गते) बाँडफाँट हुने तय भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बिहीबार बिहान ८.३० बजे आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

नेपाल माइक्रोको आईपीओमा मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ९७७ जनाले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख १७ हजार ४७७ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *