काठमाडौं। भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत भएको छ।
यससँगै भूमिसम्बन्धी बाहेक अन्य पाँच अध्यादेश बुधबार बस्ने प्रतिनिधिसभाको बैठक र बिहीबार बस्ने राष्ट्रिय सभाको बैठकमा पेस गर्ने सहमति भएको हो।
सरकारले ६ वटा अध्यादेश ल्याएको छ। तर, सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेकाले पाँच वटा अध्यादेशमात्र पास गर्ने सहमति भएको सत्तापक्षीय दल नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन्।
Artha Sanjal






