ङादी ग्रुप पावरको ८ लाख ७३ हजार कित्ता सेयर आजदेखि लिलामी खुला

काठमाडौं। ङादी ग्रुप पावरले आज फागुन २० गते मंगलबारदेखि सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुन सक्नेछन् ।
यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद फागु २८ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।
यसअघि कम्पनीले १०० प्रतिशत (१ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।
यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, विरगञ्ज, जनकपुर र हेटौडा शाखाबाट आवेदन दिन सकिनेछ ।
त्यसैगरी, सिद्धार्थ बैंककै नारायणगढ, पोखरा, बाग्लुुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *