पूर्वराजालाई पोखरामा नागरिक अभिनन्दन: घन्कियो ‘राजा प्राण भन्दा प्यारो’ को नारा

पोखरा। पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरामा नागरिक अभिनन्दन गरिएको छ। पोखराको गणेशटोलदेखि विन्ध्यावासिनी मन्दिरसम्म उनको नागरिक अभिनन्दन गरिएको हो। नागरिक स्वागत मूल समारोह मूल समिति पश्चिमाञ्चल (पोखरा) ले पूर्वराजा शाहको अभिनन्दनको आयोजना गरेको हो।

नागरिक अभिनन्दनमा बाजागाजाले पूर्वराजाको स्वागत गरिएको थियो। फूलका गुच्छाले पूर्वराजालाई स्वागत गरियो। सर्वसाधारणको सेल्फीमा साथ दिँदै मन्दिरसम्म पुग्दा स्थानीयले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, भन्ने नारा लगाएका थिए ।

माघ २७ गतेदेखि पूर्वराजा ज्ञानेन्द्र पोखरामा छन्। पूर्वराजा शाहले फागुन १३ गते स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा पर्ने शाहवंशीय कुल मन्दिरका रूपमा परिचित आलमदेवी मन्दिरको दर्शन गरेका थिए।

शाह फागुन २१ गते बुधबार बागलुङ कालिका मन्दिरको दर्शन गर्न बागलुङ जाँदै छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *