सेयर बजारमा गिरावट, १४ अर्ब २८ करोडको सेयर कारोबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसुचक १३.६२ अंकले घटेर २८७६.६६ को विन्दुमा कायम भएको छ ।

आज ३०० कम्पनीको सेयर किनबेच हुँदा १४ अर्ब २८ करोड माथिको सेयर कारोबार भएको छ । आज ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको सेयर मूल्य घटेको छ । आज ६ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै हिमालयन रियन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३८ करोड माथिको सेयर कारोबार भएको हो । नेपाल पुनर्बीमा कम्पनीको ७३ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३६ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले ९.४५ प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ७.८५ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले ७.२५ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *