‘भिख’ मागेर देश चल्दैन : विप्लव

काठमाडौं। नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘भिख’मागेर देश समृद्धि नहुने बताएका छन्। वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले अन्य देशसँग सहयोगको नाममा भिख मागेर देश समृद्धि नहुने बताएका हुन्।

गफ चुट्ने नेताबाट रूपान्तर सम्भव नभएको भन्दै उनले भनेका थिए, ‘विदेशीको भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि हुँदैन। अहिले देशको उत्पादनले २ महिना खान नपुग्ने नेपाल भइसक्यो। यसले विदेशीको एजेन्ट बनाउनतर्फ अग्रसर गराउँछ।’

कम्युनिस्ट नेताहरूमा आवारा प्रवृत्ति हाबी भएको बताउँदै विप्लवले उत्पादन अभियानमा जोडिनुको विकल्प नभएकाे उनकाे भनाइ थियाे।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *