टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

काठमाडौं । टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकको नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा टाइम फर्मास्युटिकल्सको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

गण्डकी प्रदेशको नवलपुर जिल्ला गैंडाकोटमा अवस्थित टाइम फर्मास्युटिकल्स डब्लुएचओ जीएमपी प्रमाणित औषधी उत्पादक कम्पनी हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *