काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा २२ सय रुपैयाँ घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २२ सय रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ३०० रुपैयाँ कायम रहेको थियो ।
यता, आज चाँदीको पनि ३० रुपैयाँले घटेर प्रतितोला १९ सय १५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय ४५ रुपैयाँ रहेको थियो ।
Artha Sanjal






